Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको कडा सर्कुलर: ‘विशेष महाधिवेशन’ भनिएको भेलामा नजानू


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २४ २०८२
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन महासधवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको पार्टी केन्द्रिय सदस्य नारायणप्रकाश साउदले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नभएको भन्दै महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गरिएको बताए ।

उनका अनुसार विशेष महाधिवेशन भनिएको भेला तत्काल रोक्नका लागि सम्बन्धीत पक्षलाई अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘नियमित महाधिवेशनको तिथिमिति तोकिएको अवस्थामा विशेष महाधिवेशन वैधानिक र आवश्यक छैन । पदाधिकारीहरुले समेत विशेष महाधिवेशन बोलाउने अधिकार पनि छैन ।

देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको छ । विशेष महाधिवेशन भनिएको भेलालाई तत्काल रोक्नका लागि पनि सम्बन्धित सबैमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अनुरोध गर्ने अपिल गर्ने निर्णय गरेको छ’ उनले भने ।

बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेपछि बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४