Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिक समायोजनबारे आज रास्वपाको महत्वपूर्ण सभा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २१ २०८२
  • 3.7K
    SHARES

काठमाडौं । वैकल्पिक राजनीतिको केन्द्र बन्ने लक्ष्य राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो सांगठनिक विस्तारमा महत्वपूर्ण फड्को मार्दैछ । तराई-मधेश र विशेषगरी थारुवान क्षेत्रमा बलियो पकड भएका नेता-कार्यकर्ताहरूलाई समेट्दै रास्वपाले आज दिउँसो १ बजे ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ आयोजना गर्न लागेको हो ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा हुने विशेष समारोहबीच नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पूर्वनेतृत्व र थरुहट/थारुवान आन्दोलनका स्थापित अभियान्ताहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तय भएको छ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्लो समय चुलिएको वैचारिक मतभेद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ठुलो पंक्तिले पार्टी परित्याग गरेको छ । विशेष गरी रञ्जिता श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि नाउपाभित्र पहिरो गएको हो ।

सोही असन्तुष्टिका बीच नाउपाका रुपन्देही जिल्ला अध्यक्षसहित ३३ जना प्रभावशाली नेताहरूले सामूहिक राजीनामा दिएका छन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, यो केवल व्यक्तिहरूको प्रवेश मात्र नभई एजेण्डाहरूको फ्युजन पनि हो । थरुहट र थारुवान आन्दोलनले उठाएका मुद्दाहरू र रास्वपाले परिकल्पना गरेको ‘डेलिभरी’ केन्द्रित राजनीतिबीचको सामञ्जस्यता आजको समायोजनको मुख्य आकर्षण रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४