Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार: ट्रम्प


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १९ २०८२
  • 2.2K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले इरानले प्रदर्शनकारीमाथि हिंसा गरे अमेरिका ‘उनीहरूको उद्धारका लागि अघि बढ्ने’ बताए ।

इरानका विभिन्न सहरहरूमा बिहीबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो, जसमा कम्तीमा छ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्लो समय इरानको बढ्दो महँगी, आर्थिक मन्दी र बेरोजगारीको विरोधमा राजधानी तेहरानबाट सुरु भएको आन्दोलन अन्य सहरहरूमा फैलिएको हो । केही व्यापारीहरूले पसल बन्द गरेर विरोध जनाएका थिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले ‘शान्तिपूर्ण प्रदर्शनकारीलाई हिंसात्मक रूपमा मार्ने परम्परा’ दोहोर्याएमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अवस्थामा रहेको उल्लेख गरे ।

यस अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको भनाइलाई ‘लापरवाह र खतरनाक’ भन्दै कुनै पनि बाह्य हस्तक्षेपले क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिए । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले अमेरिकी हस्तक्षेप भए सम्पूर्ण क्षेत्र अस्थिर हुने र अमेरिकाकै हितमा क्षति पुग्ने बताए ।

सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका सल्लाहकार अली शमखानीले पनि इरानको सुरक्षा ‘रेड लाइन’ भएको भन्दै कुनै हस्तक्षेपको कडा जवाफ दिइने चेतावनी दिएका हुन् ।

यद्यपि, राष्ट्रपति मसूद पेजेश्कियानसहित इरानी नेताहरूले आर्थिक समस्याका कारण भएको शान्तिपूर्ण प्रदर्शनलाई जायज भएको बताए । पेजेश्कियानले जनताको आर्थिक पीडालाई सम्बोधन नगरे सरकार नै नैतिक रूपमा दोषी ठहरिने बताए । तर, सरकारले अव्यवस्था र हिंसालाई भने सहन नसकिने स्पष्ट पारेको छ ।

इरानको अर्थतन्त्र वर्षौंदेखि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण कमजोर बनेको छ । उच्च मुद्रास्फीति, अवमूल्यन भएको मुद्रा र रोजगारीको अभावले जनजीवन प्रभावित भएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले इरानी अधिकारीहरूलाई अभिव्यक्ति, सङ्गठन र शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।

यसैबीच, भेनेजुएलाले पनि ट्रम्पको ‘टकरावपूर्ण’ अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै इरानमाथिको हस्तक्षेपले क्षेत्रीय स्थिरतामा असर पार्ने जनाएको छ ।

हालका प्रदर्शनहरू सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको व्यापक आन्दोलनभन्दा साना भए पनि कम्तीमा २० सहरमा प्रभाव परेको बताइएको छ । सामाजिक सञ्जालमा आएका धेरै भिडियोहरू स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४