Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपन्न घरबारविहीन परिवारलाई रु. २ लाख सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १८ २०८२
  • 3.5K
    SHARES

काठमाडौँ । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ ।

सुर्नया गाउँपालिका–२ कटनोलीका रेखा चन्द र ग्रीस चन्दलाई घर पुनःनिर्माणका लागि उक्त रकम सहयोग गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझ शाखाका प्रबन्धक गोविन्द बिष्टले जानकारी दिए ।

गत भदौ १५ गते वर्षासँगै आएको पहिराले दुवै जनाको घर भत्किएको थियो । त्यसयता उनीहरु सतबाँझमा आफन्तकहाँ बस्दैआएका थिए ।

घरवारविहिन रेखा एकल महिला हुन् । दुवै जनालाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक बिष्टले बताए । सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट र बैंकका शाखा प्रबन्धक बिष्टले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । यसअघि पहिरोे प्रभावित परिवारलाई सुर्नया गाउँपालिकाले खाद्यान्न, लत्ताकपडाका साथै जनही रु ५० हजार सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४