Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्ततः समानुपातिक सूची सच्याउन तयार रास्वपा, त्रुटि स्वीकार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १६ २०८२
  • 3.7K
    SHARES

काठमाडौं । जनस्तरबाट तीव्र सन्तुष्टि र पार्टीभित्रैबाट समेत गम्भीर प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउने निर्णय गरेको छ । लोकतान्त्रिक विधि, पारदर्शिता र जनआवाजलाई सर्वोपरि ठान्दै पार्टीले तत्कालै आफ्नो सूची परिमार्जन गर्ने सकारात्मक कदम चालेको हो ।

पार्टीले अँगालेको विधि र व्यवहारबीच तालमेल नमिलेको भन्दै चौतर्फी आलोचना भएपछि नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिएको बुझिएको छ । विशेषगरी, समानुपातिक निर्वाचन प्रणालीको मुख्य मर्म नै ‘पहुँच नभएका तर सक्षम’ वर्गलाई राज्यको मूलधारमा ल्याउनु भए पनि अघिल्लो सूचीमा त्यसको प्रतिविम्ब नदेखिएको गुनासो बढेको थियो । वैकल्पिक शक्तिका अपडेटहरू प्राथमिकताकासाथ दिँदै आएको ‘रुटिन अफ नेपाल बन्द’का अनुसार ‘समानुपातिक सूचिमा त्रुटि रहेको भन्दै जनविरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचिमा भएका त्रुटिहरू सच्याउने भएको छ ।’

रास्वपाको बन्दसूची तयार पार्दा पार्टीले गरेको ‘प्राइमरी इलेक्सन’ (प्रारम्भिक मतदान) को नतिजालाई लत्याइएको र लोकतान्त्रिक अभ्यासको दाबी गरिए पनि व्यवहारमा पुराना दलहरूकै प्रवृत्ति दोहोरिएको भन्दै पार्टी पंक्तिभित्रै बहस सुरु भएको थियो । सूचीमा भौगोलिक विकटता, विशेष गरी कर्णाली र सुदूरपश्चिमको आवाज बोल्ने प्रतिनिधि तथा विपन्न वर्गलाई प्राथमिकता दिनुपर्नेमा पार्टीका उच्च पदस्थ पदाधिकारी, सचिवालय सदस्य र शक्ति केन्द्रको वरिपरि रहेकाहरूलाई नै सुरक्षित स्थानमा राखिएको भन्दै आलोचना भएको थियो ।

पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरू प्रत्यक्ष निर्वाचन लड्न डराएर समानुपातिकको सुरक्षित बाटो रोज्नुले प्रणालीको औचित्यमाथि नै प्रश्न खडा गरेको भन्दै नेतृत्वमाथि दबाब सिर्जना भएको थियो । नातावाद र आफन्तवादलाई प्रश्रय दिइएको तथा ‘भाइटल पोजिसन’ मा रहेकाहरूले नै लाभको पद सुरक्षित गर्न खोज्नुलाई कार्यकर्ताहरूले रास्वपाको आदर्श विपरीत ठानेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४