Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘रूख–सूर्य मिलेपछि प्रत्यक्ष चुनाव लडे भइहाल्थ्यो, किन समानुपातिक?’— बादललाई गोकुलको कटाक्ष


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १६ २०८२
  • 3.5K
    SHARES

काठमाडौं । नेकपा एमालेभित्र भावी चुनावी समीकरण र समानुपातिक प्रणालीको प्रयोगलाई लिएर शीर्ष नेताहरूबिच नै वैचारिक जुहारी सुरु भएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेस र एमाले मिलेर चुनावमा जानुपर्ने प्रस्ताव राखेको भोलिपल्टै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले कडा प्रतिवाद गरेका छन् ।

बास्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष बादलको नाम नलिईकन, तर स्पष्ट संकेत गर्दै ‘शक्तिशाली’ भनिने नेताहरूले नै पटक-पटक समानुपातिक कोटा ओगटेको भन्दै रोष प्रकट गरे । मंगलबार अध्यक्ष केपी शर्मा ओलीसामु बादलले राखेको ‘रुख र सूर्य’ मिल्नुपर्ने प्रस्तावलाई व्यंग्य गर्दै बास्कोटाले भनेका छन्, ‘रुख र सूर्य मिलेर जाने हो भने चुनाव लडे भइहाल्यो नि !’

आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने तर निर्वाचनको मैदानमा उत्रिन डराएर समानुपातिक सूचीमा सुरक्षित हुन खोज्ने प्रवृत्तिले समावेशी प्रणालीकै बदनामी भइरहेको बास्कोटाको तर्क छ। उनले पुरुष नेताहरूले आरक्षणको कोटा कब्जा गर्नु समावेशिताको सिद्धान्तविपरीत रहेको औंल्याउँदै भनेका छन्, ‘समावेशिताकै बेइज्जत नगर, त्यो पनि पुरुषले !’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४