Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“विप्लव: ‘अन्तरिम नेतृत्व गर्न दिनुस्, सबैलाई चित्तबुझ्दो निकास दिन्छौँ’”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १० २०८२
  • 2.8K
    SHARES

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले १३ सूत्रीय मागबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार सुरु भएको केन्द्रीय समितिको बैठकमा उनले यस्तो स्पष्ट पारेका हुन्।

चन्दले देशलाई अग्रगामी निकासतिर लैजान सर्वपक्षीय सरकार आवश्यक रहेको बताए र समाजवादी संघीयतालाई नेपालको वर्तमान ढाँचा मान्नुपर्ने जोड दिए। उनले अधिकारसहितको संघीय संरचना बन्नुपर्ने र सबै राज्य अङ्गमा जनताले अपनत्व ठान्ने गरी पुनः संरचना गर्नुपर्ने माग राखे।

महासचिव चन्दका अनुसार, “यो अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिइन्छ भने पनि हामी सबै शक्तिलाई आन्दोलनकारी, जनता सबैलाई चित्तबुझ्दो निकास दिने गरी पहल गर्छौँ।” उनले राजनीतिक, कानुनी, प्रशासनिक सबै अपूर्ण समस्यालाई सम्बोधन गरी देशलाई चुनावतर्फ लैजान आवश्यक रहेको पनि बताए।

चन्दले राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रस्तुत गरिएको र प्रधानमन्त्रीलाई भेटेर पनि मागपत्र दिने तयारी भएको जानकारी दिए। यदि १० दिनभित्र छलफल नहुँदा माग सुन्ने प्रक्रिया अगाडि बढेन भने, माओवादी नेपाली जनताको समर्थनमा अग्रगामी राजनीतिक शक्तिहरूसँगको सहभागितामा आन्दोलनमा जानेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४