Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१४३ सांसदको मोर्चाबन्दीले जेनजी सरकार चुनौतीमा, सर्वोच्चमा पेसी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ९ २०८२
  • 3.4K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध बहुमत सांसदहरूको हस्ताक्षरसहित दर्ता भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाइ हुँदैछ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदसहित १४३ जनाको हस्ताक्षर लिएर सर्वोच्च पुगेका रिट निवेदकको मागमाथि सुनुवाइ गर्न अदालतले आजका लागि पेसी तोकेको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन वा विघटनका लागि बहुमत सिद्ध गर्न १३८ सांसदको आवश्यकता पर्छ । तर, विघटनविरुद्ध मंगलबार सर्वोच्चमा पेस गरिएको रिटमा कांग्रेस, एमाले, जनमत, जसपा र स्वतन्त्र गरी १४३ सांसदको हस्ताक्षर समावेश छ । यसले संसद् पुनःस्थापना भएमा सरकार गठन गर्न स्पष्ट बहुमत पुग्ने दाबी निवेदकहरूले गरेका छन् ।

वरिष्ठ अधिवक्ता एवं पूर्व-महान्यायाधिवक्ता खम्बबहादुर खातीका अनुसार, एउटै विषयमा परेका पुराना र नयाँ रिटहरूलाई एकै ठाउँमा राखेर बहस गरिनेछ । यसअघि कांग्रेस र एमालेले छुट्टाछुट्टै रूपमा दायर गरेका रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अहिले बहुमत सांसद नै सशरीर वा वारेस मार्फत उपस्थित भएपछि अदालतलाई फैसला गर्न सहज हुने निवेदक पक्षको बुझाइ छ ।

मंगलबार दर्ता भएको पूरक रिटमा नेपाली कांग्रेसका ६५ जना, नेकपा एमालेका ७५ जना, जनता समाजवादी पार्टी (अशोक राई समूह) का २ जना र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् । एमालेले पार्टीगत निर्णय नै गरेर आफ्ना ७५ सांसदको हस्ताक्षर यसअघि नै बुझाइसकेको थियो । यसबाहेक जसपाकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् ।

रिट निवेदकहरूले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनको बलमा पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिनु असंवैधानिक भएको जिकिर गरेका छन् । उक्त नियुक्ति खारेज गरी संसद्भित्रैबाट नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन र प्रतिनिधिसभा पुनःस्थापना गर्न परमादेशको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४