Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“माइतीघरमा प्रदर्शन रोक्न प्रहरी सक्रिय, चेतावनी जारी”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ७ २०८२
  • 3.6K
    SHARES

काठमाडौं । सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सडकमा ओर्लिन लागेको ‘जेनजी’ समूहको प्रदर्शनलाई रोक्न प्रहरीले माइतीघर मण्डलामा सुरक्षा सतर्कता बढाएको छ । ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाको नेतृत्वमा सोमबार बिहान ११ बजे प्रदर्शन हुने पूर्वघोषणासँगै स्थानीय प्रशासनले सो क्षेत्रमा प्रहरीको तैनाथी बाक्लो बनाएको हो ।

प्रदर्शनकारीहरू जम्मा हुन थालेको सूचना पाएलगत्तै प्रहरीले माइकिङ गरेर भीडलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिबिना कुनै पनि किसिमको सभा-सम्मेलन गर्न नपाइने भन्दै प्रहरीले प्रदर्शनकारीलाई आ-आफ्नो गन्तव्यतर्फ लाग्न आग्रह गरेको छ । सुरक्षार्थ खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रशासनको अनुमति लिएर मात्रै कार्यक्रम गर्नुपर्नेछ । अनुमति नलिकन कार्यक्रम गर्न आउनुभएको छ भने तपाईंहरू आफ्नो गन्तव्यतिर गइदिनुहोला ।’

के छन् माग ?
वर्तमान सरकारले युवा पुस्ताको भावना र आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसकेको निष्कर्षसहित ढुंगाना नेतृत्वको टोली १० बुँदे माग लिएर सडकमा आएको हो । आइतबार पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको यो आन्दोलनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको १०० दिने कार्यकाल असफल भएको आरोप लगाएको छ ।

प्रदर्शनकारीहरूले विद्यमान सरकारको विकल्पमा ‘सर्वपक्षीय सरकार’ गठन हुनुपर्ने मुख्य माग अघि सारेका छन् । उनीहरूको १० बुँदे मागपत्रमा देशको शासकीय स्वरूपमै परिवर्तन आवश्यक रहेको औंल्याइएको छ । यसका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभामार्फत संविधान पुनर्लेखन गर्नुपर्ने उनीहरूको अडान छ ।

साथै, आन्दोलनका क्रममा पक्राउ परेका ‘जेनजी’ युवाहरूमाथि लगाइएका मुद्दा खारेज गरी तत्काल रिहा गर्नुपर्ने, दमनमा संलग्नलाई कारबाही हुनुपर्ने, र शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गर्नुपर्ने माग पनि उठाइएको छ ।

समूहले न्यायालयको फैसला प्रत्यक्ष प्रसारण (लाइभ) हुनुपर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गरिनुपर्ने तथा ‘एकपटकको नेपाली, सधैंको नेपाली’ नीति कार्यान्वयनमा ल्याउनुपर्ने आवाज उठाएको छ । त्यस्तै, लामो समयदेखि समाधान हुन नसकेका मिटरब्याज पीडित, सहकारी पीडित र उखु किसानका समस्या तत्काल हल गर्नुपर्ने विषयलाई पनि आन्दोलनको एजेन्डा बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४