Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीबाट १ सय ५३ के.जी. गाँजासहित एक युवक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १२ २०८२
  • 4.3K
    SHARES

काठमाडौँ । सुनसरी जिल्लाको इनरुवा नगरपालिका–७ स्थित चाँदवेलाबाट मङ्सिर ११ गते बिहान सशस्त्र प्रहरीले १ सय ५३ के.जी. गाँजासहित सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको छ ।

चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लास्टिकको प्याकेटमा बेरेर राखिएको उल्लेखित गाँजा फेला परेको हो ।

सो गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट साहेवगंजबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

उक्त गाडी र मोटरसाइकललाई अन्य मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले स्कटिङ्ग गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिइएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाइकल चालक फरार भएका थिए ।

नियन्त्रणमा लिइएका चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाइकल चालकसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४