Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा आएसँगै सारियो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, अब मंसिर ४ गते बस्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २ २०८२
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको बहुप्रतिक्षित केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ । आज (मंसिर १ गते) बस्ने तय भएको बैठक अब आगामी मंसिर ४ गते बिहीबार दिउँसो २ बजेका लागि सारिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ ।’

निरन्तरको स्थगितले कांग्रेसभित्रको आन्तरिक तयारी र छलफलमा केही ढिलाइ भएको संकेत मिलेको छ । यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

कांग्रेसभित्र ‘नियमित महाधिवेशन कि विशेष महाधिवेशन’ भन्ने विषयमा जारी गहन बहसले गर्दा पार्टीले कुनै ठोस निर्णय लिन सकेको छैन । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका श्रृंखलाबद्ध स्थगितले पार्टीको आगामी दिशा र रणनीति तय गर्न थप समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४