Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा ‘म्यारिज ब्युरो’को आवरणमा चिनियाँ गिरोह सक्रिय, सोह्रखुट्टेबाट ४ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ३० २०८२
  • 893
    SHARES

काठमाडौं । काठमाडौँमा व्यावसायिक भिसाको दुरुपयोग गरी ‘म्यारिज ब्युरो’ सञ्चालन गरिरहेको आरोपमा चारजना चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ । सोह्रखुट्टेस्थित मिलीजुली चोकबाट नियन्त्रणमा लिइएका उनीहरूले आर्थिक अवस्था कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँ पुरुषहरूसँग विवाह गराउने धन्दा चलाएको विभागले जनाएको छ ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार, पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेका छन् । व्यावसायिक भिसामा नेपाल बसेका उनीहरूले आफूहरूको वास्तविक व्यवसायबारे स्पष्ट जानकारी दिन नसकेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएअनुसार, यो गिरोहले नेपाली युवतीहरूलाई टिकटक भिडियो बनाउन लगाएर त्यसैमार्फत अन्य चिनियाँ नागरिकहरूसँग सम्पर्क स्थापित गराउने र विवाहको प्रलोभन देखाउने गरेको थियो । निर्देशक ढकालले केही युवतीहरूलाई विवाह गर्ने बहानामा चीन पठाइसकेको पनि अनुसन्धानबाट खुलेको जानकारी दिए ।

पक्राउ परेकामध्ये दुईजना विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यावसायिक भिसामा नेपालमा बस्दै आएका थिए। गैरकानुनी रूपमा नेपालमा बसोबास गर्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र देश निकाला गर्न सकिने कानुनी प्रावधान छ । अध्यागमन विभागले यस घटनालाई गम्भीर रूपमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४