Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एआईजी दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २५ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले सर्वसम्मत रूपमा गरेको हो । कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए ।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । त्यसअघि नै सरकारले नयाँ आईजीपीको नियुक्ति गरेको हो ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । त्यसअघि, २३ भदौमा उपत्यका कमाण्ड एआईजीविहीन बनेको थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनले प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुखका रूपमा काम गरेका थिए ।

डीआईजी पदमा रहेर उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए भने एसएसपीका रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गर्दा चर्चित भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यका प्रहरी कमाण्डसम्मको नेतृत्व सम्हालेका कार्की इमान्दार र अनुशासित प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । कुनै आर्थिक विवादमा नपरेका उनले फिल्डदेखि आईजीपी सचिवालयसम्मका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् ।

विदेशमा विभिन्न तालिम लिइसकेका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पनि रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४