Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाले समानुपातिक उम्मेदवारका लागि तोक्यो ५० हजार शुल्क


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २५ २०८२
  • 4.8K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिबाट ५० हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको छ ।

रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको हो । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८–१९ पुस तोकिएको छ ।

पार्टीले उम्मेदवार छनोटका मापदण्ड तयार गर्न सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी दिएको छ । आचार्यका अनुसार कानुनी प्रावधानअनुसार आवश्यक मापदण्डहरू तय गरिएका छन् ।

‘समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकले ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ,’ सहमहामन्त्री आचार्यले भने । उनका अनुसार, समानुपातिकको बन्द सूचीमा परेका तर मतका कारण अन्तिम चयनमा नपर्ने उम्मेदवारले बुझाएको शुल्क फिर्ता नहुनेछ ।

यसअघि रुपन्देही–३ को उपनिर्वाचनका उम्मेदवारका लागि पार्टीले २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । तर, प्रतिनिधिसभा विघटन भएपछि सो निर्वाचन हुन सकेको थिएन ।

रास्वपाले अघिल्लो निर्वाचनमा समानुपातिक तर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक उम्मेदवार हुन नपाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४