Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम वायुको प्रभाव : यी प्रदेशमा वर्षासहित हिमपात


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १९ २०८२
  • 741
    SHARES

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले गर्दा मौसममा केही परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली कायम रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ भने बाँकी पहाडी भूभागका एक-दुई स्थानमा पनि यस्तै अवस्था रहनेछ ।

यस मौसमी प्रणालीले जनजीवनमा केही प्रभाव पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । विशेषगरी यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न व्यक्तिहरूलाई मौसमको जानकारी लिएर मात्र अघि बढ्न सुझाव दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४