Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनको मिति आज टुंगिएला ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १९ २०८२
  • 2.7K
    SHARES

काठमाडौं । पटक-पटकको रस्साकस्सी र विवादका बीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बहुप्रतिक्षित बैठक आज दिउँसो १ बजे बस्दैछ । महाधिवेशनको मितिलाई लिएर लामो समयदेखि जारी गतिरोध अन्त्य गर्ने लक्ष्यका साथ बस्न लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

पार्टीभित्र १५ औं महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा चुनावअघि गर्ने कि पछि गर्ने भन्नेमा मतभेद चुलिएपछि गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठकहरू बस्दै नबसी स्थगित भएका थिए । आजको बैठकले यो विवादलाई किनारा लगाउने अपेक्षा गरिएको छ ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा नेतृत्वको समूह र संस्थापन पक्ष दुवैले महाधिवेशनका लागि आ-आफ्ना छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन् । यसले छलफललाई थप घनीभूत बनाउने देखिएको छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २५ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले यस्तो निर्णय गर्दै सोही प्रस्ताव आजको केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी गरेको छ ।

यता, संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअगाडि नै नियमित महाधिवेशन वा विशेष महाधिवेशन बोलाउनुपर्ने अडान राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।

आजको बैठकमा प्रस्तुत हुने कार्यतालिका र नेताहरूको अडानले नेपाली कांग्रेसको आगामी राजनीतिक मार्गचित्र कस्तो हुनेछ भन्ने स्पष्ट पार्नेछ । पार्टीको आन्तरिक लोकतन्त्र र भविष्यका लागि यो बैठक निकै महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४