Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडकमा ढुंगा र लेदो थुप्रिँदा बीपी राजमार्ग अवरुद्ध, सडक खुल्न समय लाग्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १५ २०८२
  • 3.9K
    SHARES

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा खसेको पहिरो र लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यसले गर्दा पूर्व जाने तथा पूर्वबाट आउने सयौं सवारी साधन र यात्रुहरू अलपत्र परेका छन् । सडक खुलाउन समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न प्रहरीले अनुरोध गरेको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा ठूला पहिरो खसेका छन् । यसैगरी, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदो माटोले सडक ढाकेको छ ।

चौकीडाँडामा खसेको पहिरो पन्छाउने प्रयास गर्दागर्दै पुनः माथिबाट पहिरो खसेपछि जोखिम बढेको छ । पानी परिरहेकाले तत्कालका लागि पहिरो हटाउने कार्य रोकिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्गको काभ्रे खण्डमा अवरोध हटाएर सडक सञ्चालन गर्न केही समय लाग्ने बताए । उनले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् । विशेषगरी पूर्वतर्फ जाने सवारी साधनहरूलाई काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४