Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंगापुर एयरपोर्टबाट ह्वीलचेयर चढेर बाहिरिए देउवा दम्पती


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १२ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा गएराति स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको विमानमार्फत उडेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएकाले उनीहरूको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, यो नियमित स्वास्थ्य परीक्षण र उपचारको लागि तय भएको भ्रमण हो ।

स्मरण रहोस्, गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा भएको ुजेनजी आन्दोलनु का क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको र निवासमा आगजनीसमेत भएको थियो । उक्त घटनापछि देउवा दम्पती लामो समयसम्म सार्वजनिक भएका थिएनन् । गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उनीहरू सार्वजनिक भएका थिए ।

सिंगापुर प्रस्थान गर्नुअघि सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।

यसअघि, पनि देउवा विभिन्न स्वास्थ्य समस्याका कारण उपचारका लागि विदेश जाने गरेका थिए । यसपटकको सिंगापुर भ्रमणलाई उनीहरूको हालैको स्वास्थ्य समस्यासँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४