Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउसी भैलो : शहरमा हराउँदै मौलिकता, गाउँमा जोगिँदै परम्परा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ७ २०८२
  • 2.3K
    SHARES

देशभर तिहारको रौनक छ । यति बेला सहर बजारमा डीजे संगीत, चम्किला बत्ती र आधुनिक नृत्यसहितको देउसी भैलो हावी छ ।

तर गुल्मीका गाउँ–बस्तीमा अझै पनि मौलिकता झल्किने परम्परागत देउसी भैलो जीवन्त देखिन्छ । शहरमा यो संस्कार झन् व्यावसायिक बन्दै गएको छ– पप गीत, र्याप, फिल्मी प्रस्तुति र प्रायोजित टोलीहरूले मौलिकता धमिल्याएका छन्।

ग्रामीण क्षेत्रमा भने देउसी ‘लोक–संस्कृति’ को रूपमा जगेर्ना भइरहेको छ । परम्परागत भेषभूषा, नाटकीय प्रस्तुति र मेलमिलाप झल्किने गीतहरूले समुदायबीच एकता र आपसी सद्भावको सन्देश दिन्छन् ।

देउसी भैलो त्यहाँ बालबालिका वा युवाको मात्रै कुरा होइन—आमा समूह, शिक्षक, कृषकदेखि वृद्धसम्म सबै सहभागी हुन्छन् । यसले पुस्ता–पुस्ताबीच संस्कार सरेको देखाउँछ ।

रेसुङ्गा–४ का ८१ वर्षीय तुल्सी विक भन्छन्, ‘पहिले देउसीमा सन्देश हुन्थ्यो, अहिले पैसा मात्रै मागिन्छ । तर हाम्रो गाउँमा अझै पुरानै लयमा नाचिन्छ, त्यो नै साँचो तिहार हो ।’

इस्मा–२ का कपिलमणि पन्थी भन्छन्, ‘शहरमा देउसी भैलो पैसा संकलनको माध्यम बनेको छ । तर गाउँमा अझै पनि पुरानो रूप जोगिएको छ, त्यो हाम्रो सांस्कृतिक गर्व हो ।’

‘बलिराजाबाट सुरु भएको’ परम्परा

जनविश्वास अनुसार देउसी भैलोको सुरुवात बलिराजाको समयदेखि भएको हो । देउसी गीतमा बलिलाई सम्झने, दान र धर्मको चर्चा गर्ने, घरधनीको प्रशंसा गर्ने चलन रहेको छ ।

तर अहिले धेरै ठाउँमा आधुनिक गीत, चलचित्रका संवाद र लोकप्रिय संगीत मिसाएर मौलिकता हराउँदै गएको चिन्ता संस्कृतिप्रेमीहरूले व्यक्त गरेका छन् ।

गुल्मीका गाउँघरमा भने देउसी टोली अझै परम्परागत लय र भेषभूषामा प्रस्तुत हुन्छन् । टोली नाइकेले लय हाल्ने, अरू सदस्यहरूले भैलो भन्दै नाच्ने, गीतमा ‘छाना, धान, दान’ र मिठा परिकारको प्रसङ्ग ल्याउने चलन अझै पनि चल्दो छ ।

अहिलेका युवाले पनि मौलिक देउसी भैलोमा रुचि देखाउन थालेका छन् । इस्मा–२ को पालुखा माविले तिहारको अवसरमा विद्यार्थीहरूलाई मौलिक देउसी भैलोको कार्यक्रम आयोजना गरेको थियो । विद्यालयका अनुसार, यस्तो पहलले युवामा संस्कृतिप्रतिको मोह बढाएको छ ।

गुल्मीका गाउँ–बस्तीमा देखिएको सक्रियता अन्य समुदायले पनि अपनाए भने देउसी भैलो मात्र होइन, सम्पूर्ण नेपाली मौलिक चाडपर्वहरू जीवन्त रहिरहने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४