Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँचसय र एकहजारका नोट बन्द गर्न माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ४ २०८२
  • 3.7K
    SHARES

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न तेस्रो विशेष बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ । आज यहाँ एक पत्रकार सम्मेलन गरी गत असोज २६ देखि ३० गतेसम्म बसेको तेस्रो विशेष बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा जारी विज्ञप्ति पार्टीका प्रवक्ता खडक विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक गर्नुभएको थियो । सो पार्टीले रु ५०० र एक हजार दरका नोट खारेज गर्न माग गरिएको छ । समिति बैठकका निर्णयहरूमा भ्रष्टाचार रोक्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने सो पार्टीले माग गरेको हो ।

त्यस्तै कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने नेकपाले निर्णय गरेको छ । विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष बर्खेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव विप्लवले जेनजी युवाहरूको विद्रोहपछि नयाँ कम्युनिष्ट केन्द्र बनाउने गरी नेकपा माओवादी केन्द्रलगायत घटकहरूसँग छलफल चलिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब पहिलेको जसरी कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन । नयाँ बहस आवश्यक भएकाले अब माओवादीसँग पनि यही ढङ्गले छलफल भइरहेको छ ।”

यसै गरी बैठकले जेनजी विद्रोह सफल भए पनि जेनजीहरु आफ्नो ‘एजेन्डा’अनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ भने जेनजी विद्रोहपछि कम्युनिष्टहरुबीचको एकता र नयाँ कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ । यसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनसुकै योगदान गर्न तयार रहने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४