Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“सीमित लगानीमा सफल पुष्पखेती: बाँकेका महिलाको जीविकोपार्जनको नयाँ बाटो”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २८ २०८२
  • 3K
    SHARES

काठमाडौँ । बाँकेका महिला किसानहरू पछिल्ला वर्षमा पुष्पखेतीतर्फ आकर्षित हुँदै गएका छन्। सीमित महिला किसानले सुरुमा हात हालेको पुष्पखेती अहिले आयआर्जनको नयाँ माध्यम बन्दै गएको छ। यसले अन्य महिला किसानहरूलाई पनि आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ।

कोहलपुर नगरपालिका–३ स्थित सुविबी पुष्प उद्यान केन्द्रकी सञ्चालक विष्णु चौधरी पुष्पखेतीबाट राम्रै आम्दानी गर्न सफल भएकी छन्। आठ वर्षअघि रु ६० हजारमा जग्गा भाडामा लिएर सुरु गरिएको उनको व्यवसाय अहिले आयको मुख्य स्रोत बनेको छ। अहिले उनको खेतमा टेनिस बल र कर्मा ५५५ जातका सयपत्री फूल फुलिरहेका छन्।

उनका अनुसार यो वर्ष कम्तीमा पाँच क्विन्टल फूल उत्पादन हुने अनुमान छ। “यस वर्ष स्थानीय बोटमा फूल राम्ररी नफुलेकाले बाहिरबाट खरिद गरेर माग पूर्ति गर्ने तयारी छ,” चौधरीले भनिन्। उनका अनुसार करिब १० क्विन्टल फूलको व्यापार हुने सम्भावना छ।

तर, सबै कुरा सहज छैन। चौधरीका अनुसार यसपटक बिरुवा राम्रोसँग उम्रिन सकेनन्। “प्राविधिक ल्याएर ब्याड तयार गरेको थिएँ, तर झार बढेपछि औषधि प्रयोग गर्दा धेरै बिरुवा मरे,” उनले दुखेसो पोखिन्। अहिले उनी उत्पादनसँगै नर्सरी स्थापना गर्ने तयारीमा छिन्।

तर भारतबाट सस्तोमा आउने फूलका कारण स्थानीय व्यवसायी प्रतिस्पर्धामा कमजोर बन्नुपरेको उनको भनाइ छ। “हामी सीमित स्रोतसाधनमा उत्पादन गर्छौं, तर भारतबाट आउने फूलले बजारमा ठूलो असर पार्छ,” उनले भनिन्।

हाल बाँकेमा प्रतिकिलो रु ४०० मा फूल बिक्री भइरहेको छ। फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य विन्दु चर्ती मगरका अनुसार सीमापारिबाट अवैध रूपमा आउने फूलमाला र प्लास्टिकका माला रोक्न नसक्दा स्थानीय उद्यमीहरू मारमा परेका छन्। “स्थानीय उत्पादनलाई प्रोत्साहन दिनका लागि अवैध आयात नियमन हुनुपर्छ,” उनले माग गरिन्।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेका अनुसार बाँकेमा पुष्पखेतीमा लाग्ने किसानको सङ्ख्या अझै पनि सीमित छ। “हाल करिब १७ जना महिला किसान व्यावसायिक रूपमा पुष्पखेतीमा संलग्न छन्,” उनले जानकारी दिए।

विशेष गरी तिहारजस्ता पर्वमा फूलको माग अत्यधिक हुने भएकाले बाँकेका किसानहरू पुष्पखेतीलाई आगामी वर्षहरूमा अझ विस्तार गर्न चाहिरहेका छन्। तर भारतबाट हुने आयात, रोग तथा झारको समस्या र बजारमा मूल्य अस्थिरता यी सबैले स्थानीय फूल उत्पादक महिलाको आत्मनिर्भर यात्रालाई चुनौती दिइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४