Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छः प्रधानमन्त्री कार्की


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २६ २०८२
  • 6K
    SHARES

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अधिकारीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैङ्कको गभर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताउनुभएको हो ।

भेटमा उहाँले पाँच सय रुपैयाको नोट छपाइका लागि विधिवत् रूपमा गइसकेको हुनाले अब निष्कासन हुन बाँकी नोटमा नेपाल संवत् प्रयोग गर्न सकिने बारेमा छलफल गरी निर्णय लिने उहाँले जानकारी दिनुभयो ।

नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विशेष चासो दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४