Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवरात्रको पाँचौं दिन : देवी स्कंदमाताको महिमा र पूजा आराधना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ११ २०८२
  • 2.9K
    SHARES

काठमाडौं । आश्विन शुक्ल पञ्चमी, अर्थात् नवरात्रको पाँचौं दिन, जगदम्बाको पाँचौं स्वरूप स्कन्दमाताको पूजा आराधना गरिन्छ । पहाडमा बसेर संसारका समस्त जीवहरूमा नवचेतना प्रदान गर्ने यी देवीको उपासनाले भक्तजनका सम्पूर्ण मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ ।

स्कन्दमाताको स्वरूप अत्यन्त मनमोहक र शान्त छ । कमलको फूलमाथि विराजमान हुने भएकाले उहाँलाई ‘पद्मासना देवी’ पनि भनिन्छ । उहाँको वर्ण सेतो छ र उहाँ आफ्ना सुपुत्र स्कन्दकुमार (भगवान् कार्तिकेय) लाई काखमा लिएर रहनुहुन्छ। स्कन्दकुमारको माता भएकाले उहाँलाई स्कन्दमाता भनिएको हो ।

देवी भागवत पुराणका अनुसार, स्कन्दमाता सूर्यमण्डलकी अधिष्ठात्री देवी हुनुहुन्छ । उहाँको उपासना गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने गर्दछन्। स्कन्दमाता चतुर्भुजा हुनुहुन्छ । दाहिनेतर्फको माथिल्लो भुजाले स्कन्दकुमारलाई समाउनुभएको छ भने तल्लो भुजा मास्तिर उठेको अवस्थामा कमल पुष्प सुशोभित छ । देब्रेतर्फको माथिल्लो भुजा वर मुद्रामा र तल्लो भुजामा पनि कमल पुष्प शोभायमान छ । सिंह उहाँको वाहन हो ।

स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ। यो विशेषता केवल स्कन्दमातालाई मात्र प्राप्त छ । उहाँको उपासनाले भक्तका सबै इच्छा पूरा भई मोक्ष प्राप्त हुन्छ । मनलाई एकाग्र र पवित्र राखी ‘ॐ देवी स्कन्दमातायै नमः’ मन्त्रको उच्चारण गरी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दा कुनै कठिनाइ आउँदैन भन्ने शास्त्रमा उल्लेख छ ।

पौराणिक कथाअनुसार, तारकासुरले कठोर तपस्या गरी ब्रह्माजीबाट शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो । यो वरदान पाएपछि तारकासुरले तीनै लोकलाई त्रसित बनायो र स्वर्गबाट सबै देवताहरूलाई भगाई राज गर्न थाल्यो ।

सतीदेवीको देहत्यागपछि भगवान् शिवजी गहन ध्यानमा लीन हुनुभएको थियो । सतीदेवीले पार्वतीको रूपमा हिमालय पर्वतमा पुनः जन्म लिएपछि पनि शिवजीले आफ्नो योग र साधना त्याग गर्नुभएन । माता पार्वतीले ब्रह्मचारिणीको रूप धारण गरी शिवजीलाई स्वामीका रूपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभयो ।

पार्वतीको कठोर साधनाको फलस्वरुप शिवजीले आफ्नो योग तथा साधना त्याग गरी पार्वतीसँग विवाह गर्नुभयो। महादेव र पार्वतीको सन्तान स्वरूप कुमार कार्तिकेयको जन्म भयो र पछि उनै कार्तिकेयले तारकासुरको वध गरी तीनै लोकलाई तारकासुरको आतंकबाट मुक्त गराएका थिए । स्कन्दमाताको स्वरूपले यसै मातृत्व र वीरताको संयोजनलाई प्रतिविम्बित गर्दछ ।

स्कन्दमाताको पूजा गर्नाले धार्मिक आस्था मात्र नभई मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य-मान्यतासँग निरन्तर सङ्घर्ष गर्न आवश्यक आत्मबल पनि प्राप्त हुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४