Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्की क्याबिनेटका तीन मन्त्रीको शपथ आज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ३० २०८२
  • 4.2K
    SHARES

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको छ । नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) शपथ लिने कार्यक्रम रहेको छ ।

नयाँ सरकारमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूलाई जिम्मेवारी दिइएको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा जनमानसमा ‘लोडसेडिङ अन्त्य गर्ने नायक’का रूपमा परिचित कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ ।

यसैगरी, कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । अर्याल पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकारका रूपमा कार्यरत थिए ।

अर्थतन्त्रको व्यवस्थापनका लागि पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनको अनुभवले मुलुकको आर्थिक दिशालाई सही मार्गमा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

गत सोमबार र मंगलबार ‘जेनजी’ पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि गरेको प्रदर्शन हिंसामा परिणत भएपछि तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि मुलुकमा उत्पन्न राजनीतिक रिक्ततालाई पूर्णविराम दिँदै पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४