Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज देशभर बदली, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ३० २०८२
  • 2.6K
    SHARES

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभावले देशभर मनसुनी गतिविधि सक्रिय बनेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले देशभर बदली र विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना यथावत् छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम बढ्ने भएकाले तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मनसुनी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दाले पूर्वतयारीमा रहन र आवश्यक सुरक्षा उपाय अपनाउन अनुरोध गरिएको छ । यात्रामा निस्कँदा सावधानी अपनाउन र मौसमसम्बन्धी ताजा जानकारीका लागि महाशाखाको वेबसाइट तथा सञ्चार माध्यमहरूको जानकारी लिइरहन सल्लाह दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४