Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुले काठमाडौं महानगरका विद्यालय, पढाइ भोलिदेखि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २९ २०८२
  • 1.9K
    SHARES

काठमाडौं । देशमा केही दिनअघि सिर्जित असहज परिस्थितिका कारण बन्द भएका काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरू सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयहरूलाई मनोसामाजिक परामर्शसहित भौतिक रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी गराएअनुसार, आज (आइतबार)देखि नै विद्यालय व्यवस्थापन र शिक्षकहरूलाई पठनपाठनका लागि आवश्यक तयारी थाल्न आग्रह गरिएको छ । यस क्रममा विद्यालयमा कुनै क्षति पुगेको भए त्यसको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र उनीहरूलाई ढुक्कसँग विद्यालय पठाउन सकिने वातावरण बनाउन सूचित गरिएको छ ।

महानगरपालिकाले विशेषगरी बालबालिकाको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै प्रारम्भिक चरणमा मनोसामाजिक परामर्शलाई प्राथमिकता दिन आग्रह गरेको छ । विषम परिस्थितिबाट गुज्रिएका बालबालिकाहरूलाई सामान्य अवस्थामा फर्काउनका लागि यो कदम महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

यसका साथै, महानगरले अभिभावकहरूलाई अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ । जुन विद्यार्थीका लागि अभिभावक विद्यालय आउन र जान असमर्थ हुन्छन्, उनीहरूका हकमा भने अनलाइन माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि महानगरले निर्देशन दिएको छ ।

गत भदौ २३ र २४ गते देशमा उत्पन्न असहज अवस्थाका कारण विद्यालयहरू बन्द भएका थिए । लामो समयको बन्दाबन्दीले बालबालिकाको सिकाइमा पारेको असरलाई न्यूनीकरण गर्न र उनीहरूलाई नियमित पठनपाठनमा फर्काउन महानगरपालिकाले यो कदम चालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४