Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जंगीअड्डामा राष्ट्रपति, सेना र जेनजीबीच निर्णायक वार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २६ २०८२
  • 5.3K
    SHARES

काठमाडौं । नेपालमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली सेनाको सक्रिय समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र ‘जेनजी’ युवा प्रतिनिधिहरूबीच आज महत्वपूर्ण वार्ता हुँदैछ । यो छलफलले अन्तरिम सरकार गठनको प्रक्रियालाई औपचारिकता दिने अपेक्षा गरिएको छ । अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा जेनजी प्रतिनिधिहरूले सहमति जुटाइसकेका छन् ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले हिजोदेखि नै जेनजी प्रतिनिधिहरूसँगको छलफललाई निरन्तरता दिएका छन् । आजको बैठकले ठोस निकास निकाल्नेमा सेना विश्वस्त देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि राजीनामा दिएका थिए । युवा आन्दोलनको मुख्य माग नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन भएकाले त्यसै दिशातर्फ प्रक्रिया अघि बढेको हो ।

जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत सार्वजनिक रूपमा समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीको नेतृत्वलाई आफ्नो समर्थन रहेको जानकारी दिएका थिए । प्रधानसेनापति सिग्देलले यसअघि नै विभिन्न पक्षहरूसँगको छलफल गरिसकेका छन् ।

यस क्रममा जेनजी युवाका प्रतिनिधिहरू, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र दुर्गा प्रसाईंसँग पनि उनले परामर्श गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीको नाममा समर्थन व्यक्त गरिसकेका छन् भने दुर्गा प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि आफूलाई स्वीकार्य हुने बताएका छन् ।

जेनजी युवाहरूले भर्चुअल माध्यमबाट गरेको सर्वेक्षणमा सुशीला कार्कीको नाममा व्यापक समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने जेनजीको प्रस्ताव स्वीकार गर्ने प्रतिबद्धता जनाइसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४