काठमाडौं । शीतयुद्धको अन्त्यतिर अमेरिकी राजनीतिक चिन्तक फ्रान्सिस फुकुयामाले आफ्नो चर्चित पुस्तक The End of History and the Last Man मा “स्वतन्त्र लोकतन्त्र नै मानव इतिहासको अन्तिम गन्तव्य हो” भन्ने तर्क प्रस्तुत गरेका थिए। उनका अनुसार विचारधारात्मक द्वन्द समाप्त भइसकेको थियो । स्वतन्त्रता तथा लोकतन्त्र सार्वभौमिक मूल्यको रूपमा स्थापित भइसकेका थिए। तर तीन दशकपछि आज, नेपालसहित एशियाका विभिन्न मुलुकहरूमा देखिएका युवाहरूका आन्दोलनले यो “इतिहासको अन्त्य” भन्ने कथनलाई चुनौती दिएका छन्।
बिभिन्न काल खण्डमा आफ्नो ज्यानको बलिदान दियर नेपालमा राणा शासनको अन्त्य, राजतन्त्रको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना भयो। यसरी स्थापना भएको ब्यबस्थाले नेपालमा नत नागरिकको पुर्ण स्वतन्त्रता सुनिश्चत गर्न सक्यो नत नागरिकबिचको असमानता नै घटाउन सक्यो। बरु शक्तिको आडमा परिवार, आफन्तका लागि भने व्यक्तिगत रुपमा लाभ लिईरहने ब्यवस्था स्थापित गरियो । यहिकारण आजका युवाहरुले नेपो बेबि, भ्रष्टाचार अन्त्य गर्, नो नट अगेन जास्ता नाराहरु लिएर सडकमा उत्रनु पर्ने बाध्यात्कारी अबस्थाको श्रृजना गर्यो । बेथिती र स्वेच्छाचारी रुपमा सरकार संचालन गरिरहेका नेताहरुले आफ्नो बचाउको लागि स्वतन्त्र रुपमा संगठित भएका यूवाहरुमाथि लक्षित गरी बर्बरतापूर्ण तवरबाट नरसंहार गर्न उद्दत भए । परिणाम स्वरुप युवा वर्गहरु भ्रष्टाचार, असमानता र निरंकुशता विरुद्ध ऐक्यवद्घ हुँदै नयाँ नेपालको स्वर्णीम इतिहास निर्माण गर्न अग्रसर भएका छन् ।
नेपाल सरकारले सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाउन गरेको अव्यवहारिक र अवैज्ञानिक निर्णयबाट असन्तुष्ट बनेका जेन जि अर्थात १९९७ देखि २०१२ को बिचमा जन्मिएका १३ देखि २८ बर्षबिचका युवाहरुले सुरु गरेको भ्रष्टाचार बिरुद्दको आन्दोलनको पहिलो दिनमा नै करिब २० जना युवाहरुले शाहदत प्राप्त गरिसकेका छन् भने चारसय भन्दा बढि यूवाहरु विभिन्न अस्पतालको शैंयामा जीवन या मरणसँग संघर्ष गरिरहेका छन् । आज सम्मको अवस्थालाई अध्ययन गर्दा यो स्वतस्फुर्त रुपमा सुरु भएको आन्दोलन सामाजिक सञ्जालमा सरकारले गरेको प्रतिबन्धको विरोधमा मात्र सिमित नभएर देशमा ब्यप्त भ्रष्टाचार र बेथिति बिरुद्दको शक्ति संघर्षको द्योतक पनि हो । यसलाई सरकारले सामाजिक संञ्जाल माथि प्रतिवन्ध लगाएको आक्रोशको रुपमा मात्र बुझियो भने आन्दोलनको महिमा कमजोर हुन जान्छ ।
नेपाल मात्र यसखाले बिद्रोह भएको पहिलो देश हैन । हालसालै घटेका घटनाहरुलाई उदाहरणहरुलाई हेर्ने हो भने बङ्गलादेश, इन्डोनेसिया, भियतनाम र श्रीलङ्का जस्ता देशहरुमा स्वतन्त्र यूवाहरु शक्ति संघर्षमा संगठित भएका थिए । बंङ्गलादेशमा पाकिस्थानबाट छुट्टिने समयमा दुई देशबिच भएको लडाँईमा साहजता प्राप्त सहिद परिवारका नाममा उनिहरुका पुस्तौ पुस्ता ले प्राप्त गर्ने सारकारी जागिरमा दिदै आयको ३० प्रतिशत आरक्षण कोटाको बिरोधमा बिद्यार्थी आन्दोलन सुरु भएको थियो। यस आन्दोलनमा करिब १४०० जनाले ज्यान गुमाउन परेको थियो। अन्तत युवा सक्तिको सामु दमनकारी सरकारले घुडा टेक्यो र तात्कालिन प्रधानमन्त्री शेख हसिना ले देश नै छोडेर भाग्नु परेको थियो। त्यसैगरी इन्डोनेसियामा पनि सरकारले गरेको शिक्षा श्वास्थ्य तथा संरचना निर्माणमा बजेट कटौती र सुरक्षामा गरिएको बजेट बृद्धि र सांसदहरुको घरभाडा र भत्तामा गरिएको बृद्दिको बिरोधमा सल्किएको आन्दोलनको आगोको बिच नै सरकारले बिना कुनै मानवीय क्षति सरकारले बार्ताको माध्ययमबाट निकास निकाल्यो ।
यसरी हेर्दा, नेपालका युवाहरूले सुरु गरेको आन्दोलन केवल राजनीतिक असन्तुष्टिको विस्फोट मात्र होइन, बरु स्वतन्त्रता र समानताको गहिरो खोजी हो । फ्रान्सिस फुकुयामाले प्रस्तुत गरेको “इतिहासको अन्त्य” को सिद्धान्तले देखाएको जस्तै, आजको विश्वमा स्वतन्त्र लोकतन्त्र नै अन्तिम गन्तव्य हो भने, यी आन्दोलनहरू त्यस अन्तिम गन्तव्यप्रति असली निष्ठा र पुनःपरिभाषाको माग हुन्। नेपाल, बङ्गलादेश र इन्डोनेसियाका युवा आन्दोलनहरूले देखाएको कुरा के भने, इतिहास अझै सकिएको छैन, बरु नयाँ इतिहास-समानता र पारदर्शिताप्रति केन्द्रीत लोकतन्त्रको-सुरुवात हुँदैछ भन्ने कुरा बुझ्न कठिन छैन ।
नेपालको यो नरसंहारमा संलग्न केहि नेताहरु राजिनामा दिएर आफुलाइ गहुँत छर्केर चोखो हुन खोजिरहेका छन् । जनताको नजरमा छारो हाल्नका लागि सरकारबाट आफ्ना सांसदहरु फिर्ता बोलाएर आफ्नो पार्टिलाई जनमैत्री पार्टी हाम्रो बिकल्पमा अरु हुन सक्दैन भन्ने भाष्य निर्माण गर्न खोजिरहेको छ । तर पदमा रहेका बेला आफूलाई चोख्याउने अभिब्यक्ति दिन भ्याई नभ्याई देखिने यिनिहरुलाई यो अपराधको कुनै हालतमा क्षमा दिन सकिन्न भने न त यो नेपाली इतिहासले बिर्सने कुरा नै हो । नेपाली काङ्ग्रेशका युवा नेता भनिने गगन थापाले आफ्नो फेसबुक स्टाटस मार्फत यो घटनाको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनु पर्छ भन्ने अभिब्यक्ति दिएका छन् तर मेरो बिचारमा सरकार साझेदारीमा बनाउने हत्कण्डा मिलिजुली घटाउने अनि दोष एउटा व्यक्तिबिशेष वा नेतृत्वमाथि थुपार्ने कुरा कसरी हुन सक्छ। अब यस्ता खालका जनताका आँखामा छारो हाल्ने काम बन्द गर कि आफुले गरेका कुकर्मको क्षमा याचना गरेर सुध्रिएर आउ । यसकारण यस घटनाबाट सिर्जित परिस्थितीको हिस्सेदार तिमि पनि हौं । नत्र यी अबोध युवाहरुको रगतले तिमिहरुलाई पोल्नेछ र निरन्तर सरापी रहनेछ ।
आन्दोलनको दोस्रो दिन सत्ताधारि दुबै दलका शिर्श नेताहरुको घरमा गरियको आगजनी नेताहरुका लगानि भएका होटल स्कुल संघ संस्था लगायतमा गरीएको आक्रमण तथा आगजनिलाइ छेक्न नसक्ने अबस्था देखेर केपी ओली युवा सक्ति सामु घुँडा टेक्न बाद्य भयो । यसरी आन्दोलन ससक्त हुँदै गएको देखेर आफ्नो स्वर्थ पुरा गर्न हिजो सम्म पद प्रप्तिकालागी सबैकुरामा सम्झौता गर्न तयार भएकाहरु आज यो युवा आन्दोलनलाइ प्रतिनित्व गर्न तयार छौ भन्दै अन्धाधुन्द अभिब्यक्तिहरु दिन सुरु गरेका छन । हिजो सम्म परीवर्तनको नाम सम्म नलीने परिवर्तनका कुरा उठाउनेलाइ जेल हाल्नेहरुका कुरामा जेन जि भुलिनु हुन्न र यस्तो ज्यन जाने आन्दोलन योनै अन्तिम बनाउन सोच बिचार गरेर अगाडी बढ्नु जरुरि छ ।
यो जेन जी पुस्ताले प्रधानमन्त्रिको राजिनामा या सरकार परिवर्तन मात्र खोजेको होइन । यो पुस्ताले नेपालमानै बसेर गरिखाने बाटो खोजेको हो । आम जनताको समान रुपमा बाच्न पाउने अधिकारको सुनिश्चितता खोजेको हो । भ्रष्टाचार रहित समाज खोजेको हो । यो नरसंहारमा सहभगी नेताहरुले युवाहरुलाइ झुक्याएर आफ्नो स्वार्थ पुरा गर्ने बदनियत नराखिदिनुहोला । साथै युवा वर्गहरुपनि यिनीहरुको नाटक मन्चनमा बिश्वास नगरी नेपालको दिर्घकालिन बिकास र सम्बृद्दिका लागि अहिलेका साशकहरुबाट पुर्ण रुपमा छुटकारा पाउने बाटो खोज्नु जरुरी छ ।
अहंकारी निर्लज्ज सरकारले यो युवाहरुको आवाजलाई अझैपनि खिसी ट्युरीमा नै सिमीत गर्ने प्रयास गर्यो भने अहिले सामाजिक संजामा देखियका बिकल्पहरु राजा आउ देश बचाउ बालेन आउ देश बचाउ जस्ता नाराहरु अझ चर्को हुने कुरा निश्चित प्राय देखिन्छ। हामी दुईदल भन्दा माथी कोहि छैन कि त एमालेको सरकार कि त नेपाली कांग्रेसको सरकार कि त यी दुइ दलको सरकार भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिमा होमा हो मिलाउने दुईदलका नेताहरुले पनि आफु र आफ्ना दलका गतिबिधिलाई गहन रुपम सोच विचार गरेनन् भने तिमिहरुको अन्त्य भई हाल सामाजिक संजालमा प्रस्तुत गरिएका बिकल्प रोज्न आम जनता बाध्य नहोलान् भन्न सकिन्न।
तसर्थ अहिलेको बिद्यमान परिस्थितिलाई मध्यनजर गरि उपयुक्त मध्यमार्गि बाटोको खोजि गर्नु नै सबैको भलो हुने देखिन्छ । यस आन्दोलनले उग्र रुप लिनु अगावै युवाहरुको चाहाना अनुरुपको राज्य व्यवस्था संचालनमा ल्याएर बरु सहकार्य गर्ने बातावरण तयार गर । आन्दोलनको कार्यक्रमलाई दमन गर्ने र हिंसा गरी सत्ता बचाउको खेलमा लाग्ने हो भने झन् परिस्थिती बिकराल र नियन्त्रण भन्दा बाहिर जाने अवस्था समेत बन्ने खतरा देखिन्छ । यसकारण सरकार, आन्दोलनकारी र समर्थक समेत संयमित हुनुपर्ने परिवेश निर्माण भएको छ ।
डा. श्याम कुमार कार्की
अनुशन्धानकर्ताः सोसिएटस रिसर्च इन्स्टिच्युट, ओखायामा, जापान