Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय गलत : कांग्रेस महामन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १९ २०८२
  • 1.3K
    SHARES

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले सामाजिक सञ्जालसम्बन्धी गरेको निर्णयलाई गलत भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्। थापाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कदमले अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमा आघात पुग्ने भन्दै आपत्ति जनाएका हुन्। उनका अनुसार सर्वोच्च अदालतले अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन र दुरुपयोग रोक्न कानुनी प्रबन्ध गर्न भनेको भए पनि, त्यसको हवाला दिँदै सामाजिक सञ्जाल बन्द गर्नु संविधान र लोकतान्त्रिक अभ्यास विपरीत छ।

“निर्देशिकाको आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन, बरु आवश्यक कानुन छिटो बनाउनुपर्छ,” थापाले आफ्नो फेसबुकमार्फत भनेका छन्। उनका अनुसार अहिले सामाजिक सञ्जालसम्बन्धी कानुन राष्ट्रिय सभामा विचाराधीन रहेकोले त्यसलाई छिटो टुंग्याएर व्यवस्थित कानुन बनाउनुपर्छ। सामाजिक सञ्जाल आज नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने, सार्वजनिक बहसमा भाग लिने र सरकारलाई जबाफदेही बनाउन महत्वपूर्ण मञ्च बनेको थापाको भनाइ छ। उनले सामाजिक सम्बन्ध, उद्यमशीलता र डिजिटल अर्थतन्त्रसँग सामाजिक सञ्जाल प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसमा लगाइने कुनै पनि प्रतिबन्धले नागरिक अधिकार संकुचित पार्ने चेतावनी दिएका छन्।

थापाले सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग जोडिएको भए पनि यसको समाधान विवेकपूर्ण ढंगले खोजिनुपर्नेमा जोड दिएका छन्। उनले भने, “सरकारसँग पुनः आग्रह छ— यो निर्णय पुनर्विचार गरियोस्। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्न सम्बन्धित कानुन निर्माणमा तदारुकता देखाओस्।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४