Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुपन्देही-३ उपनिर्वाचन उम्मेदवार घोषणाअघि रवि भेट्न नख्खु कारागार पुग्दै आकांक्षी, बोलाइयो केन्द्रीय सचिवालय बैठक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १५ २०८२
  • 4K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही-३ को आसन्न उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्ने तयारी गरिरहँदा, आकांक्षीहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुग्दैछन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई भेटेर उनीहरूको अन्तिम राय लिने उद्देश्यले भेटघाट तय गरिएको हो ।

भैरहवा कारागारबाट केही समयअघि मात्र नख्खु कारागार सारिएका सभापति लामिछानेलाई भेटेपछि पार्टीको सचिवालय बैठक दिउँसो साढे १ बजे बस्नेछ । बैठकले ९ जना आकांक्षीमध्येबाट एक जनालाई रुपन्देही-३ को उम्मेदवारका रूपमा अघि सार्नेछ । रास्वपा स्रोतका अनुसार, बैठकलगत्तै उम्मेदवारको औपचारिक घोषणा गर्ने तयारी छ ।

पार्टीले साउन ७ देखि २१ गतेसम्म उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेकोमा ९ जनाको नाम छनोट सूचीमा परेको थियो । यसमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल सामेल छन् । यीमध्ये कुसुम, मधु, सुलभ र जीतबहादुरबाहेक ५ जना भैरहवा क्षेत्रका हुन् ।

रुपन्देही-३ मा राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएपछि रिक्त भएको यस क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । रास्वपाले यस उपनिर्वाचनलाई विशेष महत्त्वका साथ हेरेको छ र बलियो उम्मेदवार खडा गर्ने रणनीतिमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४