Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, सीमा विवाददेखि चीन भ्रमणबारे के भन्लान् ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १३ २०८२
  • 4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । शनिबारदेखि सुरु हुने चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले संसदलाई आफ्नो भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सम्बोधनमा चीन भ्रमणका मुख्य एजेन्डाहरू, नेपाल-चीन सम्बन्धका आयामहरू र भ्रमणको अपेक्षित परिणामबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ । चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने तयारीमा रहेकाले सोबारे पनि प्रधानमन्त्रीले संसदलाई अवगत गराउने अनुमान गरिएको छ ।

हालैका दिनमा चर्चामा रहेको सीमा विवाद र देशको पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा समेट्ने स्रोतले जनाएको छ । बिहीबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधनलाई विशेष महत्वका साथ हेरिएको छ ।

यसैबीच, लामो समयदेखि भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर संसद बैठक बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ । रास्वपाको यो निर्णयले संसदको कारबाही सहज बनाउन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४