Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १३ २०८२
  • 2.4K
    SHARES

काठमाडौं । संघीय संसदको महत्त्वपूर्ण बैठक आज दिउँसो १ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । आजको बैठकमा विशेषगरी नागरिकता विधेयक र भूमि सम्बन्धी विधेयकमाथि छलफल र पारित गर्ने तयारी गरिएको छ ।

आजको बैठकको प्रारम्भमै प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् । यो विधेयक लामो समयदेखि चर्चा र विवादमा रहँदै आएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएपछि अब प्रतिनिधिसभामा यसमाथि थप प्रक्रिया अघि बढ्नेछ ।

सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यसले समितिको संरचनामा केही परिवर्तन ल्याउन सक्नेछ ।

बैठकको अर्को महत्वपूर्ण कार्यसूचीका रूपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । छलफल सकिएलगत्तै मन्त्री अधिकारीले उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४