Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अटल सौभाग्यको कामनासहित आज तीज मनाइँदै, शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १० २०८२
  • 2.4K
    SHARES

काठमाडौँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज । देशभरका हिन्दु महिलाहरू देवाधिदेव महादेवको पूजाआराधना र व्रत बसी अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाइरहेका छन् ।

यस अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । तीजको विशेष दिनलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुला गरेको छ, जसकारण दर्शनार्थीहरू बिहानैदेखि लामबद्ध छन् ।

भाद्र शुक्ल तृतीयामा हरितालिकाको व्रत लिनाले जीवनमा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । विवाहित महिलाहरू पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै व्रत बस्छन् भने अविवाहित युवतीहरू सुयोग्य वर प्राप्तिको कामना गर्दछन् । यद्यपि, शास्त्रीय मान्यताअनुसार यो व्रत पुरुषहरूका लागि पनि उत्तिकै फलदायी मानिन्छ ।

यो पर्वको सम्बन्ध सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्यासँग जोडिएको छ। पिता हिमालयले भगवान् विष्णुसँग आफ्नो विवाह गरिदिन खोजेपछि पार्वतीले सो कुरा अस्वीकार गरिन्। उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखे। सोही गुप्त स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवको आराधना गरी पति पाएकी थिइन्। साथीहरूद्वारा ‘हरण’ गरिएकाले नै ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्द मिलेर ‘हरितालिका’ बनेको धार्मिक विश्वास छ।

हरितालिकाको व्रतलाई कठिन व्रत मानिए पनि शास्त्रले स्वास्थ्यलाई ध्यानमा राख्न सुझाएको छ। ‘सर्वतः आत्पान् गोपायेत्’ अर्थात् ‘जसरी भए पनि आफ्नो शरीरको रक्षा गर्नुपर्छ’ भन्ने शास्त्रीय मान्यताअनुसार व्रतालुले आफ्नो स्वास्थ्य अवस्था हेरेर निराहार (अन्नजल केही नखाई), जलाहार (जल मात्र पिएर) वा फलाहार (फलफूल खाएर) व्रत बस्न सक्नेछन्।

स्वास्थ्यका कारण निराहार बस्न नसक्नेहरूले जल, दूध, फलफूल, सखरखण्ड, पिँडालु जस्ता कन्दमूल र गुरुको आज्ञाअनुसारका वस्तु सेवन गर्न सक्ने विधान छ। स्कन्दपुराणमा औषधि सेवन गर्दा व्रत भंग नहुने उल्लेख गरिएको छ, जसले गर्दा नियमित औषधि सेवन गर्नेहरूलाई व्रत बस्न सहज बनाएको छ।

धार्मिक मान्यताअनुसार, आजको दिन विधिपूर्वक व्रत बसेर शिव–पार्वतीको पूजा–आराधना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४