Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपसभामुख प्रकरण र राज्य व्यवस्था सभापति चयनमा कांग्रेसभित्र रस्साकस्सी, देउवाले बोलाए पदाधिकारी बैठक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ९ २०८२
  • 6.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन् । संसदीय समितिको सभापति चयन र उपसभामुख इन्दिरा रानामगरविरुद्ध चलिरहेको हस्ताक्षर अभियानका विषयमा पार्टीभित्रै मतभेद चुलिएपछि निर्णायक छलफलका लागि सोमबार बिहान १० बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक डाकिएको हो ।

बैठकको मुख्य एजेन्डामध्ये राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन पहिलो प्राथमिकतामा छ । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा भएको गडबडीको नैतिक जिम्मेवारी लिँदै सभापति रामहरि खतिवडाले गत साउन २८ गते पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ । प्रतिनिधिसभा नियमावली अनुसार, पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण कांग्रेसलाई तत्काल उम्मेदवार टुंगो लगाउनुपर्ने दबाब छ ।

त्यसैगरी, बैठकको अर्को महत्त्वपूर्ण एजेन्डा उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन पार्टी र एमालेका केही सांसदहरूले अघि बढाएको हस्ताक्षर अभियान हो । उपसभामुखले पदीय आचरणविपरीत काम गरेको आरोप लगाउँदै अभियान चलाइए पनि यसले पार्टीभित्रै गम्भीर विवाद सिर्जना गरेको छ ।

पार्टीको इतर समूहका नेता डा. शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमै यस कदमको विरोध गरेका छन् । संस्थापन इतर पक्षको असन्तुष्टिपछि सभापति देउवा यस विषयमा साझा धारणा बनाउन दबाबमा परेका हुन् । पदाधिकारी बैठकले यी दुवै विषयमा पार्टीको आधिकारिक लाइन तय गर्ने अपेक्षा गरिएको छ, जसले आगामी दिनमा कांग्रेसको संसदीय रणनीतिको दिशा निर्धारण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४