Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाको कडा कदम: आतंकवाद समर्थनदेखि कानुन तोड्ने आरोपमा ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा खारेज


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३ २०८२
  • 4.2K
    SHARES

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले एक कडा कदम चाल्दै ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा खारेज गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुनको उल्लङ्घन गर्ने र तोकिएको समयभन्दा बढी बसेका विद्यार्थीहरू कारबाहीमा परेका हुन् ।

मन्त्रालयका अनुसार, भिसा रद्द गरिएका अधिकांश विद्यार्थीहरू मदिरा सेवन गरी सवारी चलाउने, चोरी गर्ने तथा आतंकवादलाई समर्थन गर्ने जस्ता गम्भीर गतिविधिमा संलग्न पाइएका थिए । यो कदमलाई ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासन नीतिको कार्यान्वयनको परिणामका रूपमा हेरिएको छ, जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि पनि निगरानी र कडाइ बढाइएको छ ।

विशेषगरी, ‘आतंकवादलाई समर्थन’ भन्ने शब्दावलीको परिभाषा भने विदेश मन्त्रालयले स्पष्ट पारेको छैन, जसले गर्दा यो निर्णय विवादमा तानिएको छ । यसअघि ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूलाई ‘यहुदी–विरोधी’ व्यवहार गरेको आरोप लगाउँदै कारबाही गरेको थियो, जसले गर्दा यस्तो कारबाही अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हुन सक्ने भन्दै आलोचना समेत भएको छ ।

विदेश मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार, कूल ६ हजारमध्ये करिब ४ हजार भिसा कानुन तोडेको आरोपमा खारेज गरिएको हो । त्यसैगरी, २०० देखि ३०० भिसा ‘आईएनए ३ (बी) अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दा’ मा रद्द गरिएको जनाइएको छ । यो निर्णयले अमेरिकामा अध्ययन गर्न चाहने वा अध्ययनरत विश्वभरका विद्यार्थीहरूमाझ तरंग पैदा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४