Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम नेपालमा मनसुन सक्रिय : चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ३० २०८२
  • 3.7K
    SHARES

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिमी तराई नजिक सक्रिय हुँदा आगामी २४ घण्टा पूर्वी क्षेत्रभन्दा पश्चिम नेपालमा मनसुन थप प्रभावकारी हुने भएको छ । यसको प्रभावले देशभरको मौसम पूर्णतया बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भूभागमा वर्षाको सम्भावना बढी छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यही सम्भावनालाई मध्यनजर गर्दै महाशाखाले विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । भारी वर्षाले भूक्षय, पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम बढाउन सक्ने र सहरी तथा तराईका क्षेत्रमा डुबानको खतरा निम्त्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

आज राति पनि गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा जारी रहने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४