Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई दिन देशभर भारी वर्षाको चेतावनी, सातै प्रदेशमा सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २९ २०८२
  • 2.9K
    SHARES

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै आइपुगेसँगै देशभर मनसुन थप सक्रिय बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशभर मनसुनको प्रभाव बढ्ने पूर्वानुमान गर्दै देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।

महाशाखाका अनुसार, हाल देशभरको मौसम साधारणतया बदली रहेको छ भने कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत भएको छ ।

आज दिउँसो देशभर मौसम पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मध्यम वर्षा हुनेछ । विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन अझ बढी सक्रिय रहने पूर्वानुमान छ । सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।

मनसुन पूर्ण सक्रिय भएसँगै देशका सातवटै प्रदेशमा भारी वर्षाको जोखिम बढेकोले नदी तथा खोलामा पानीको बहाव बढ्ने, भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भन्दै महाशाखाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४