Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुवै सदनको बैठक आज, यस्तो छ कार्यसूची


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २८ २०८२
  • 4.6K
    SHARES

काठमाडौँ । संघीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकहरूमा महत्वपूर्ण विधेयकहरू प्रस्तुत हुनेदेखि राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने तथा पूर्वराज्यमन्त्रीको निधनमा शोक प्रस्ताव पारित गर्नेसम्मका कार्यसूची तय भएका छन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ । उक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो विधेयक देशको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि महत्वपूर्ण मानिएको छ ।

आज दुवै सदनको साझा कार्यसूचीको रूपमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिनेछ । उनको सम्मानमा दुवै सदनमा छुट्टाछुट्टै शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४