Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाग्मतीका मेयर भरतकुमार थापा दुई मुद्दामा दोषी ठहर, ३३ करोड भ्रष्टाचार प्रमाणित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २३ २०८२
  • 7.1K
    SHARES

काठमाडौं । विशेष अदालतले एक फैसला सुनाउँदै सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई एकै दिन दुई फरक भ्रष्टाचारका मुद्दामा दोषी ठहर गरेको छ । चर्चित ‘भरत ताल’ निर्माण गर्दा सरकारी सम्पत्तिमा अर्बौंको हानी-नोक्सानी पुर्‍याएको र गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार राति यो फैसला सुनाएको हो । अदालतको फैसलासँगै भ्रष्टाचारको आरोपमा गत चैतदेखि निलम्बनमा रहेका थापाको मेयर पद धरापमा परेको छ ।

भरत ताल प्रकरण: ३० करोडको भ्रष्टाचार

अदालतले ‘भरत ताल’ निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थमा भ्रष्टाचार भएको ठहर गरेको छ । यस मुद्दामा मेयर थापासँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र इन्जिनियर सागर पौडेललाई पनि दोषी ठहर गरिएको छ । यद्यपि, सोही मुद्दामा आरोपित उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाएका छन् ।

अख्तियारको आरोपपत्र अनुसार, सागरनाथ वन विकास परियोजनाको स्वीकृतिविना वन क्षेत्रमा ताल खनिएको र उत्खननबाट निस्किएको ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थको बिक्रीमा व्यापक अनियमितता गरिएको थियो । करिब १३ लाख ४० हजार घनमिटर नदीजन्य पदार्थको हिसाब नै नदेखाई बिक्री गरेर नगरपालिकालाई २६ करोड ८० लाख नोक्सान पुर्‍याइएको र त्यसमा भ्याट जोड्दा कुल ३० करोड २९ लाख रुपैयाँ हानी भएको अख्तियारको दाबीलाई अदालतले सदर गरेको हो । यस मुद्दामा दोषी ठहर भएकाहरूलाई सजाय निर्धारणका लागि अदालतले आगामी साउन २९ गते पेशी तोकेको छ ।

साढे ३ करोड अवैध आर्जन

यसैगरी, अदालतले थापालाई गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दामा पनि दोषी ठहर गरेको छ । अदालतको ठहर अनुसार, उनको कुल १२ करोड ५९ लाख रुपैयाँको सम्पत्तिमध्ये ९ करोड १४ लाख रुपैयाँको मात्रै वैध स्रोत खुलेको र बाँकी ३ करोड ४५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको पाइएको हो ।

यस मुद्दामा अदालतले उनलाई एक वर्ष कैद, गैरकानुनी रूपमा आर्जित बिगो ३ करोड ४५ लाख रुपैयाँ जफत र सोही बराबरको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । अख्तियारले भने उनले ५ करोड ३३ लाख रुपैयाँ अवैध सम्पत्ति कमाएको दाबी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४