Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुन सक्रिय : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १८ २०८२
  • 4.1K
    SHARES

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ, जसका कारण अधिकांश भू-भागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहँदा मनसुनी गतिविधि बढेको हो ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर मौसम बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरूमा भू-क्षय, बाढी तथा गेग्रान बहावको जोखिम बढ्ने देखिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा हुन सक्ने तथा ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने भएकाले महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विगत २४ घण्टामा पनि देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । काठमाडौं उपत्यकासहित कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ । आगामी दिनमा पनि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले सबैले मौसमसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४