Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यराति प्रहरीको ‘गुन्डागर्दी’विरुद्ध अप्रेसन, नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १७ २०८२
  • 4.3K
    SHARES

काठमाडौं । प्रहरीले काठमाडौंका ठमेल र महाराजगञ्ज क्षेत्रमा मध्यरातमा विशेष अप्रेसन चलाएर गुण्डागर्दीमा संलग्न ४७ जनाभन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको छ । गुण्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’को जन्मदिन पार्टीमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू भेला भएको गोप्य सूचनाको आधारमा प्रहरीले बिहीबार रातभर अप्रेसन चलाएको हो ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोशाकको संयुक्त टोलीले महाराजगञ्जस्थित साम्बाला होटलमा छापा मारी चक्रे मिलनलाई पक्राउ गरेको हो । जन्मदिन मनाउन भेला भएका अन्य व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूको यकिन संख्या खुल्दै गरेको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

काठमाडौंका एसएसपी विश्व अधिकारीको नेतृत्वमा खटिएको टोलीले रेस्टुरेन्ट र रात्रि क्लबहरूमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो बढेपछि यो अप्रेसन चलाएको हो । उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले अवाञ्छित गतिविधिमा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

यसअघि चक्रे मिलन २०७४ वैशाख २६ मा पनि महाराजगञ्जबाटै पक्राउ परेर छुटेका थिए । यसैबीच, प्रहरीले बुधबार बिहान ३ बजेतिर ठमेलको नगरकोट दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ ‘सानुभाइ’लाई पनि पक्राउ गरेको छ । अर्को समूहसँग झगडा गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

नुवाकोट घर भई हाल टोखा बस्ने ३३ वर्षीय सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए । पक्राउ परेका सबैलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४