Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १७ २०८२
  • 4.6K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं साउन १६, २०८२ । इ.सन् 01 Aug, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (गुँलाथ्व) । सिद्धार्थी संवत्सर दक्षिणायन वर्षा ऋतु । शुक्रबार श्रावण शुक्लपक्ष । तिथि अष्टमी, दिनरात, त्यसपछि अष्टमी । नक्षत्र स्वाती, ०३:३५ बजेपछि विशाखा । योग साध्य, ०५:४९ बजेपछि शुभ । करण भद्रा, १७:०१ बजेपछि वव, ०६:०१ बजेउप्रान्त वव । चन्द्रराशि तुला । योग (आनन्दादि) गद । दिनमान १३:२३ सूर्योदय ५:२८ । सूर्यास्त १८:५१ । दिन विशेष : August भद्रा १७:०१ बजेसम्म । अष्टमीव्रत । गोरखकाली पूजा । यल पञ्चदान ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन रमाइलो रहनेछ र काममा फाइदा हुनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। दाम्पत्य सुमधुर रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन उत्साहप्रद रहनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ। मेहनत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बिग्रन सक्छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनत गर्दा भाग्योन्नतिको समय छ। सानो प्रयत्नले दिगो काम सम्पादन हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ। काममा समय लागे पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नाे क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४