Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेप्सिकोलामा ट्यांकरको ठक्करले बाइकमा सवार युवकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १६ २०८२
  • 2.5K
    SHARES

काठमाडौं । काठमाडौंको पेप्सिकोला नजिकै गएराति पानी ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक घाइते भएका छन् । काठमाडौँ प्रहरी परिसरका अनुसार, काभ्रेको रोसी गाउँपालिका-३ घर भएका २५ वर्षीय नवराज तुमसिङको दुर्घटनामा मृत्यु भएको हो ।

गएराति करिब पौने ९ बजे काठमाडौँ महानगरपालिका-३२, छाप्रोस्थित सडक खण्डमा जडिबुटीबाट पेप्सिकोलातर्फ आउँदै गरेको बा.प्र ०१-००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशाबाट आइरहेको बा.प्र ०२-०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तीव्र गतिको ट्यांकरको ठक्करले मोटरसाइकलको पछाडि सवार तुमसिङ उछिट्टिएर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक, रोसी गाउँपालिका-३ कै २६ वर्षीय सन्तोष मगर पनि घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गराउने ट्यांकरका चालक धादिङ निवासी ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले तत्कालै नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४