Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुन थप सक्रिय : देशभर भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ४ २०८२
  • 1.9K
    SHARES

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय भएसँगै शनिबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले आगामी दिनमा मौसम थप सक्रिय हुने जनाएको छ ।

महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रबल सम्भावना छ । बाँकी भू-भागका थोरै स्थानमा पनि वर्षाको पूर्वानुमान गरिएको छ । यसैगरी, देशका उच्च-पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले सम्भावित वर्षाले निम्त्याउन सक्ने जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको छ भने सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको खतरा बढेको छ ।

ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ । महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई सम्भावित विपत्तिबाट बच्न आवश्यक पूर्वतयारीमा जुट्न र सतर्क रहन विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४