Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हस्ताक्षर अभियानकै बीच रास्वपाले बोलायो पत्रकार सम्मेलन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ३ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन आयोजना गरी समसामयिक राजनीतिक परिस्थितिमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, पत्रकार सम्मेलनमा मुख्यतया हालैका राजनीतिक घटनाक्रम, सदनमा पार्टीको भूमिका र निरन्तरको सदन बहिष्कार, तथा रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनको तयारीका विषयमा जानकारी गराइनेछ ।

पार्टीले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । अभियानको प्रगति र आगामी कार्यक्रमबारे पनि पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिइने झाले बताए ।

यसका साथै, रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न पार्टीले आवेदन आह्वान गरिसकेको छ । सो उपनिर्वाचनका लागि पार्टीको रणनीति र उम्मेदवार छनोट कार्यविधिको प्रक्रियाबारे पनि सम्मेलनमा प्रकाश पारिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४