Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुन सक्रिय, देशभर वर्षा जारी: बाढी, पहिरो र डुबानको उच्च जोखिम


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ३० २०८२
  • 1.2K
    SHARES

काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको औंल्याउँदै बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा औसत स्थानमा र पश्चिममा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको हो । यसैको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ ।

सोमबार देशभर मौसम सामान्यतया बदली रही अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४