काठमाडौं । काठमाडौंबाट दाङका लागि छुटेको यात्रुवाहक बस आज बिहान कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका-९, बड्वामा भएको उक्त दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार काठमाडौंबाट ३० जना यात्रु लिएर दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस बिहान करिब ४ बजे अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनाको खबर पाउनासाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले बसमा सवार ३० मध्ये २९ जना घाइते भएको पुष्टि गरे ।
घाइते सबैको पहिचान खुलिसकेको छ । उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि चन्द्रौटास्थित संजिवनी सामुदायिक अस्पतालमा लगिएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य २० जनाको अवस्था मध्यम छ भने ६ जना सामान्य घाइते भएका छन् । मध्यम अवस्थाका केही घाइतेलाई पनि चन्द्रौटामा प्रारम्भिक उपचारपछि बुटवल पठाइएको डीएसपी अधिकारीले जानकारी दिए ।
घाइतेहरूको विवरण
बुटवल रिफर गरिएका गम्भीर घाइतेहरू:
१. देबी बुढाथोकी, ७७ वर्ष, सल्यान बागचौर न.पा.–१० (टाउको र शरीरमा चोट)
२. मोहनलाल बुढाथोकी, ५६ वर्ष, सल्यान शारदा न.पा.–१२ (टाउकोमा चोट)
३. श्रीधर अधिकारी, ३५ वर्ष, दाङ तुलसीपुर उ.म.न.पा.–११ (बायाँ हातमा चोट)
चन्द्रौटामा उपचाररत तथा बुटवल रिफर गरिएका अन्य घाइतेहरू:
मध्यम घाइते:
मोतिलाल एरी, २८ वर्ष, रुकुम पश्चिम आठबिसकोट न.पा.–८
कोसिस गौतम, २१ वर्ष, सोलुखुम्बु सोताङ गा.पा.–३
अनिता चलाउने, १९ वर्ष, सल्यान चिद्द कुमाउ गा.पा.–२
सचिला नेपाली, ५२ वर्ष, दाङ घोराही उ.म.न.पा.–१८
टुककुमारी श्रेष्ठ, ६० वर्ष, अर्घाखाँची सितगंगा न.पा.–८
चित्रप्रसाद धिताल, २५ वर्ष, सल्यान बागचोर न.पा.–१०
ओमप्रकाश खड्का, ३१ वर्ष, रोल्पा परिवर्तन गा.पा.–३
रुपा चौधरी, २८ वर्ष, दाङ राप्ती गा.पा.–४
हेमराज वली, ३९ वर्ष, रोल्पा गंगादेव गा.पा.–३
खड्क बहादुर पुन, ३९ वर्ष, पर्वत मादी गा.पा.–३
भीमबहादुर बि.क., ४३ वर्ष, सल्यान छत्रेश्वरी गा.पा.–१
ईन्द्र बहादुर बि.क., ४० वर्ष, सल्यान बागचौर न.पा.–४
ललित शर्मा, २१ वर्ष, दाङ तुलसीपुर उ.म.न.पा.–११
सन्दिप वली, ३१ वर्ष, रोल्पा गंगादेव गा.पा.–३ (बुटवल रिफर)
बिशाल बोहोरा, २२ वर्ष, डडेल्धुरा आलीताल गा.पा.–४
शर्मिला नेपाली, २४ वर्ष, दाङ दंगिशरण गा.पा.–२
रस्मी बोहोरा, ४२ वर्ष, सल्यान छत्रेश्वरी गा.पा.–३
बेद बहादुर वली, ३९ वर्ष, दाङ घोराही उ.म.न.पा.–११
आधार गौतम, १५ वर्ष, दाङ तुलसीपुर उ.म.न.पा.–१२ (बुटवल रिफर)
सिता बस्नेत, ३५ वर्ष, दाङ घोराही उ.म.न.पा.–११
सामान्य घाइते:
महेन्द्र दराई, ३० वर्ष, दाङ घोराही उ.म.न.पा.–१
धनराज गौतम, ४० वर्ष, दाङ तुलसीपुर उ.म.न.पा.–१२
निशा के.सी., ३७ वर्ष, सल्यान बागचौर न.पा.–१०
सन्तोष शर्मा, २२ वर्ष, सल्यान बागचौर न.पा.–१०
रमेश सुनार, ३३ वर्ष, दाङ बबई गा.पा.–६
लेखराज पाण्डे, ३७ वर्ष, दाङ तुल्सीपुर उ.म.न.पा.–११