Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नव नियुक्त जिल्ला कार्य संयोजक लरेन्स लामा र लाइब्रेरियन प्रोक्षणी घिमिरे लाई अबिर र खादा सहित भव्य स्वागत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १४ २०८२
  • 5.5K
    SHARES

विपना थापा मगर, सुनिता घिमिरे
१४ आषाढ, ओखलढुंगा

काठमाडौँ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका भदौरेस्थित युवा क्लब र सिद्धिचरण नगरपालिका–१, तलुवास्थित युवा क्लबको संयुक्त आयोजनामा VIN (Volunteers Initiative Nepal) मा हालै नियुक्त भएका जिल्ला कार्य संयोजक लरेन्स लामा र लाइब्रेरियन प्रोक्षणी घिमिरेलाई अबिर र खादा सहित स्वागत तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ।

कार्यक्रम सिद्धिचरण नगरपालिका–२, निशंखे नरटिका सामुदायिक केन्द्रको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी क्लबका सदस्यहरू, स्थानीय युवाहरू र सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा तलुवा युवा क्लबका अध्यक्ष रुपक थापा मगरले नव नियुक्त पदाधिकारीहरूलाई स्वागत गर्दै भन्नुभयो, “उहाँहरूद्वारा प्रस्तुत कार्य क्षमता र उत्साहले हामीलाई प्रेरित गरेको छ। हामी सहकार्य, समन्वय र सहज वातावरणमा योजना अनुरूप काम गर्न सधैं तत्पर रहनेछौं।”
नयाँ पदाधिकारीहरूलाई स्थानीय युवा क्लबहरूका तर्फबाट स्वागत गर्नुका साथै समन्वयात्मक कार्य प्रणालीलाई अझ प्रभावकारी बनाउने आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४