Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बोलाइयो प्रतिनिधि सभा बैठक : प्रधानमन्त्री ओलीले स्पेन जानुअघि सम्बोधन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १४ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे सुरु हुने बैठकमा बजेटसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्नेदेखि प्रधानमन्त्रीले विदेश भ्रमणबारे सम्बोधन गर्नेसम्मका कार्यसूची तय भएका छन् ।

आजको बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अत्यावश्यक मानिएका विधेयकहरूलाई टुङ्ग्याउने तयारी गरेको छ । संघीय संसद सचिवालयका अनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ पारितका लागि सदनमा प्रस्तुत गर्नुहुनेछ । यी विधेयकहरू पारित भएपछि सरकारलाई बजेटमा घोषित नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने बाटो खुल्नेछ ।

यसका साथै, लामो समयदेखि चर्चामा रहेको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई पनि आजै पारित गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजै स्पेन प्रस्थान गर्दै छन् । स्पेन प्रस्थान गर्नुअघि उनले आफ्नो भ्रमणको उद्देश्य र महत्वबारे सदनलाई जानकारी गराउनुहुने सम्भावित कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४