Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब पासवर्ड बिनै फेसबुक र मेसेन्जर लगइन गर्न सकिने, आयो पासकी सुविधा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १२ २०८२
  • 3K
    SHARES

काठमाडौँ । मेटाले फेसबुक र मेसेन्जर प्रयोगकर्ताका लागि पासवर्डविना अकाउन्ट खोल्न सकिने ‘पासकी’ सुविधा ल्याएको छ । कम्पनीले यसलाई सुरक्षित र सहज लगइन प्रणालीका रूपमा अघि सारेको छ ।

एक ब्लग लेख्दै कम्पनीले पासकी सुविधा सुरुमा आईओएस र एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ भने मेसेन्जरमा केही महिनाभित्र सुरु हुनेछ ।

योसँगै प्रयोगकर्ताले पासवर्ड टाइप नगरी बायोमेट्रिक प्रमाणजस्तै फिङ्गरप्रिन्ट वा फेसियल रिकग्निसनको माध्यमबाट अकाउन्ट खोल्न सक्नेछन् ।

पासकी प्रणाली फिसिङ आक्रमणबाट सुरक्षित मानिन्छ । प्रयोगकर्ताको डिभाइसमै सीमित रहने भएकाले पासवर्डभन्दा भरपर्दो पनि हुन्छ ।

यो सुविधा सेटअप गर्न फेसबुकको ‘Account Center’ मा गएर Settings > Password and Security > Passkey मा ट्याप गर्नुपर्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो मोबाइलको स्क्रिन लक प्रयोग गरेर पासकी सक्रिय गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४